उपत्यकाको न्यूनतम तापक्रम फेरि घट्यो 

उपत्यकाको न्यूनतम तापक्रम फेरि घट्यो 

काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज फेरि घटेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो यहाँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन गरिएको थियो। 

उपत्यकाको तापक्रम शनिबारयता ७ डिग्री सेल्सियस घटिसकेको छ। महाशाखाका अनुसार गत शनिबार उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको थियो। गत आइतबार उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस घटेर ४.५ डिग्री पुगेको थियो। 

महाशाखाका अनुसार सोमबार उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियस घटेर ४ डिग्री मापन गरिएको थियो। मंगलबार भने उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ। 

पुष २, २०७७ बिहीबार ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।