नेकपा अध्यक्ष ओली र दाहालबीच चार बुँदे सहमति
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आरोप–प्रत्यारोप फिर्ता गर्ने सहमति भएको छ।
बुधबार बालुवाटारमा भएको सहमतिअनुसार दुवै अध्यक्षले एकअर्काविरुद्ध लगाएको आरोप फिर्ता लिने भएका छन्।
एकअर्का विरुद्धका आरोप पत्र फिर्ता गरेर साझा राजनीतिक प्रतिवेदन बैठकमा पेश गर्ने सहमति भएको नेकपा स्रोतले जनाएको छ।
सहमतिअनुसार मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको छ।
त्यस्तै संसदको विशेष अधिवेशन बोलाउन चलाइएको हस्ताक्षर पनि दाहाल समूहले फिर्ता लिने सहमति भएको छ। आगामी बैठकमा ओली–दाहालबीच संयुक्त प्रस्ताव लैजाने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले नेकपा स्थायी समिति बैठक चलिरहेको छ। बैठकमा दुवै अध्यक्ष सहभागी छन्।
अध्यक्ष दाहालले ओलीविरुद्ध गम्भीर आरोप लगाउदै सचिवालय बैठकमा राजतीनिक प्रतिवेदन पेश गरेपछि दुइ अध्यक्षबीचको दुरी झन बढेको थियो। बुधबार दुबै जनाबीच दुइ पटक छलफल चलेपछि सहमति जुटेको हो।
पुष १, २०७७ बुधबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।