तत्काल संसद बैठक बोलाउन कांग्रेसको माग
बुधबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो।
बैठकले संसद बैठक तत्काल बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
यस्तै बैठकले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए।
मंसिर २९ गते देशैभर सरकारविरूद्ध प्रदर्शनमा जुटेकालाई कांग्रेसले धन्यवादसमेत दिएको छ।
देउवा निवासमा करिब तीन घण्टा कांग्रेस शीर्ष नेता छलफलमा जुटेका थिए।
सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद् सम्बन्धि अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओली फिर्ता लिन सहमत भैसकेका छन्।
पुष १, २०७७ बुधबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।