दाहालसँग दोस्रो भेटपछि ओली बैठकमा सहभागी 

दाहालसँग दोस्रो भेटपछि ओली  बैठकमा सहभागी 

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत बैठकमा उपस्थित छन्। 

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा ओली सहभागी नभएपछि अध्यक्ष पुष्पकमल दाहाल पुनः ओलीलाई भेट्न पुगेका थिए।

अध्यक्ष दाहालले सचिवालयमा पेश गरेको प्रतिवेदनमाथिको छलफल स्थायी समितिको एजेण्डा बनाउन नहुने ओलीको अडान छ।

पार्टीको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेका बेला सरकारले मंगलबार संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएपछि विवाद झन चर्किएको छ। 

दाहाल पक्षले अध्यादेश फिर्ता लिनुपर्ने माग गर्दै आएका छन्।

यस्तै भीम रावल, पम्फाभुषाल लगायतका नेताहरु अध्यादेश फिर्ता लिनुपर्ने मागसहित हस्ताक्ष संकलन गरेर शितल निवास पुगेपछि ओली झन चिढिएका छन्।
 

पुष १, २०७७ बुधबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।