ओली फकाउन पौडेललाई लगेर पुगे दाहाल

ओली फकाउन पौडेललाई लगेर पुगे दाहाल

बुधबार दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको भए पनि प्रधानमन्त्री ओली अनुपस्थित भएपछि दुई अध्यक्ष पुनः छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री ओली बैठकमा नआएपछि कार्यकारी अध्यक्ष दाहाल महासचिव विष्णु पौडेललाई लिएर प्रधानमन्त्री ओलीसँग छलफल गर्न गएको बुझिएको छ। 

दाहालको प्रतिवेदनमाथि छलफल गर्ने भनेपछि ओलीले बैठकमा सहभागी नहुने जनाउँदै आएका छन्।

अध्यक्ष दाहालले गत कात्तिक २८ गते सचिवालय बैठकमा ओलीमाथि गम्भीर आरोपसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए।
त्यसयता नेकपाको आन्तरिक विवाद थप चुलिँदै गएको छ। 

पुष १, २०७७ बुधबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।