ओलीबिनाकै नेकपा स्थायी कमिटी बैठक सुरु

ओलीबिनाकै नेकपा स्थायी कमिटी बैठक सुरु

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभए पनि  कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बैठक सुरु गरेका छन्। 
बैठक अगाडि बुधबार विहान ओली र दाहालबीच भेटवार्ता भएको थियो। 

बुधबारको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा पूर्व निर्धारित छ। तर, मंगलबार मात्रै सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकाले यो विषयले पनि स्थायी कमिटीमा प्रवेश आउने संभावना छ।

गएको मंसिर २१ देखि शुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै अवधिमा ओलीले मंगलबार अध्यादेश ल्याए पछि दाहा, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताको बैठक मंगलबार खुमलटारमा बसेको थियो ।

यो विषयमा ओली र प्रचण्डले एकअर्कालाई आरोप लगाएर लेखेको पत्रहरुबारे सचिवालयले निकास दिन नसकेपछि स्थायी कमिटी बैठकमा छलफल चलिरहेको छ।

दाहालले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन खारेज नभए सम्म आफू स्थायी कमिटी बैठकमा सहभागि नहुने अडान ओलीले राख्दै आएका छन्।

पार्टीको आन्तरिक विवाद चर्किरहेकै बेला सरकारले अध्यादेश ल्याएपछि प्रतिपक्षबाट मात्रै नभएर सत्तापक्षका ओलीइतरका अनेताहरुलेसमेत चर्को बिरोध गरिरहेका छन्। जसका कारण ओली थप अफ्ठेरोमा परेका छन्।
 

पुष १, २०७७ बुधबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।