स्थायी कमिटी बैठक अघि ओली र दाहालबीच भेट

स्थायी कमिटी बैठक अघि ओली र दाहालबीच भेट
फाइल तस्विर

दुवै अध्यक्षबीच बालुवाटारमा ‘वान टु वान’  संवाद चलिरहेको ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए। बिहान ८ बजे स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग भेट गरेपछि प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका हुन्।  

स्थायी कमिटी बैठक १ बजेदेखि भए पनि बैठकअघि दुई अध्यक्षबीच छलफल भएको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषको नियुक्तिसम्बन्धी अध्यादेश जारी भएपछि दाहालले आलोचना गरेका छन्। पार्टीमा परामर्श नै नगरी अध्यादेश ल्याएपछि त्यहीँ विषयलाई आज बस्ने स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल पक्षले चर्काउने तयारी गरेका छन्।
आजको बैठकमा अध्यक्ष ओली पनि सहभागी हुने नेता नेम्वाङले बताए। आजको बैठकमा समसामयिक परिस्थितिका बारेमा छलफल हुने एजेण्डा छ। यस अघि मंसिर २८ गते बसेको स्थायी कमिटीको बैठक नेकपाका केन्द्रीय सदस्या  कमानसिंह लामाप्रति शोक प्रस्ताब पारित गरेर सकिएको थियो।

पुष १, २०७७ बुधबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।