कांग्रेसले बुधबार बोलायो पदाधिकारी बैठक

कांग्रेसले बुधबार बोलायो पदाधिकारी बैठक

बैठक बुधबार दिउँसो १ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा अध्यादेशपछिको अवस्थाबारे छलफल हुने उनले जानकारी दिए।

बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने जनाइएको छ। 

कोरम नपुग्दा पटक–पटक संवैधानिक परिषद् बैठक स्थगित भएपछि सरकारले मंगलबार राष्ट्रपतिसमक्ष संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। लगत्तै राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्।

अध्यादेश जारी भएकै दिन अहिले बेलुकीबाट प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको छ। 

यसअघि मंगलबार बिहान बसेको परिषद् बैठकमा सहाभागी कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश जारी गरे मान्य नहुने बताएका थिए।

अध्यादेश जारी भएसँगै सत्तापक्ष र प्रतिपक्ष दुबैले तिव्र विरोध जनाएका छन्।

मंसिर ३०, २०७७ मंगलबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।