अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक सुरु

अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक सुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि पहिलो पटक बैठक सुरु भएको हो। 

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेपछि चौतर्फी विरोध भएको छ। अध्यादेश जारी भएसँगै प्रमुख प्रतिपक्षी दल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट नेताले समेत आपत्ति जनाएका छन्।  

आज बिहान बोलाइएको बैठकमा सभामुख उपस्थित नभएपछि सरकारले अध्यादेश ल्याउन निर्णय गरेको थियो।

बिहानको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी भए पनि बेलुकीको बैठकमा भने उनी पनि अनुपस्थित छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूय थापाका अनुसार बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधी र राष्ट्रिय सभाका सदस्य मात्र उपस्थित छन्।

अध्यादेशले अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए बैठक बस्न सक्ने व्यवस्था गरेको छ। 

मंसिर ३०, २०७७ मंगलबार १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।