संवैधानिक निकायलाई भर्ती केन्द्र बनाउन अध्यादेश ल्याइयो : पौडेल
वरिष्ठ नेता पौडेलले ट्वीट गर्दै संवैधानिक परिषदको मूल मर्मविपरीत अध्यादेश आएको बताएका छन्। उनले संसद अधिवेशनलाई छल्नका लागि हतार–हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सरकार सर्वसत्तावाद र निरंशुकतातर्फ अघि बढेको बुझिने बताए।
‘संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार–हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु,’ पौडेलले भनेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।
मंसिर ३०, २०७७ मंगलबार १६:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।