संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

संवैधानिक परिषद्को बैठकमा देउवा नजाने
मंगलबार बिहान बैठकमा सहभागी ओली र देउवा।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएपछि साँझ पाँच बजे सम्मका लागि स्थगित भएको थियो।

बिहानको बैठकमा भाग लिन पुगेका देउवा बेलुकीको बैठकमा उपस्थित नहुने स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

‘आजै राष्ट्रतिबाट अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका कारण साँझको बैठकमा सभापति उपस्थित हुुँनुहँदैन’ भानुले भने।

मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन् । ६ सदस्यीय परिषद्को बैठकको गणपुरक संख्या अध्यादेशले घटाएको बुझिएको छ। 

नेकपाको आन्तरिक विवाद चर्किए पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफू पक्षिय सभामुख अग्नि सापकोटालाई परिषद् बैठकमा उपस्थित हुनबाट रोक्दै आएका छन्।

परिषद्को बैठक बस्न नसक्दा बिभिन्न संवैधानिक निकायहरुमा ४० पद लामो समयदेखि रिक्त छन्। 

मंसिर ३०, २०७७ मंगलबार १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।