अध्यादेशप्रति दाहालको असन्तुष्टि, तुरुन्त खारेज गर्न माग
बदनियतपूर्ण तरिकाले आएको अध्यादेश तत्काल फिर्ता हुनुपर्ने दाहालको भनाइ छ।
सबै राजनीतिक दलहरुले संसद अधिवेशन बोलाउन माग गरिरहेका बेला थाहै नदिई अध्यादेश ल्याउनु कुनियत भएको दाहाले बताए।
मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी छिन्।
दाहालले भण्डारी ओलीको कदम असंवैधानिक भएको बताएका छन्।
पार्टी भित्र विवाद चर्किदै गएपछि दाहालले ओलीलाई अफ्ठेरो पार्न संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नी साप्कोटालाई उपस्थित हनु रोक लगाउँदै आएका छन्।
मंसिर ३०, २०७७ मंगलबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।