चिनी मिल सञ्चालकलाई कारबाही गर्न गृहको निर्देशन
मंगलबार गृह मन्त्रालयमा भएको छलफलले रकम भुक्तानी नगर्ने मिल सञ्चालकलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले किसानको बक्यौता रकम भुक्तानी नदिने मिल संचालकहरुलाई तुरुन्त कानुन बम्मोजिम कारबाही गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिए।
छलफलमा गृह मन्त्री रामबहादर थापा, उद्योग मन्त्री लेखराज भट्ट, कृर्षी तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालसहित मन्त्रयालयका सचिवहरुसमेत सहभागी थिए।
‘किसानको बक्यौता रकम भुक्तानी नदिने मिल संचालकलाई पक्राउ गरेर हुन्छ जसरी हुन्छ आवश्यक कारबाही गर्न निर्देशन दिइएको छ’ बुढाले भने।
बुढाका अनुसार इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई कारबाही गर्न निर्देशन दिइएको हो।
सुगर मिल सञ्चालकहरुले आफ्नो बक्यौता रकम नदिएको विरोधमा उखु किसानहरु काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन्।
मंसिर ३०, २०७७ मंगलबार १५:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।