संवैधानिक परिषदको बैठक स्थगित, बेलुका ५ बजे फेरि बस्ने

संवैधानिक परिषदको बैठक स्थगित, बेलुका ५ बजे फेरि बस्ने

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

नेपालको संविधानको धारा २८४ अनुसार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनु पर्ने व्यवस्था छ।

बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा छलफल हुने कार्यसूची थियो। 

यसअघि गत आइतबार बैठक स्थगित भएको थियो। 

प्रधानमन्त्री ओलीले आजै साँझ पुनः बैठक बोलाएका छन्।

 

मंसिर ३०, २०७७ मंगलबार ११:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।