काठमाडौंमा बढ्यो चिसो
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनयता उपत्यकाको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस घटिसकेको छ।
महाशाखाका एक कर्मचारीका अनुसार गत आइतबार उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस घटेर ४.५ डिग्री पुगेको थियो। शनिबार उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको थियो।
महाशाखाका अनुसार हिजो (सोमबार) उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियस घटेर ४ डिग्री मापन गरिएको थियो। आज बिहान भने उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यो वर्षको अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ।
मंसिर ३०, २०७७ मंगलबार ०९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।