चोरीका मोटरसाइकल नम्वर प्लेट फेर्दै चलाँउदै

चोरीका मोटरसाइकल नम्वर प्लेट फेर्दै चलाँउदै

उजुरीसँगै महाशाखाले सादा पोशाकमा ट्राफिक खटाएर खोजी अगाडि बढायो। खोजिकै क्रममा नयाँबसपार्क क्षेत्रमा चेकजाँच गरि १५० सिसिको बा ८९ प १७७६ नम्बरको पल्सर मोटरसाईकल नियन्त्रणमा लियो। 

शंका लागेर नियन्त्रणमा लिईएको मोटरसाईकलबारे छानविन गर्दा नैकापबाट हराएको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी चलाएको तथ्य पत्ता लाग्यो। 

घटनाको छानविनका क्रममा चोरीका मोटरसाइकलमा नयाँ नम्बर प्लेट राखेर चलाउने ३ जना पक्राउ परे।

पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरपुरगढि गाँउपालिका–६ क्यानखोलाका २१ वर्षीय प्रकाश तामाङ, सिन्धुली  तिनपाटन गाँउपालिका–५ भिमस्थानका ३२ वर्षीय अम्मर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ का २० वर्षीय सुरेश तामाङ रहेको महाशाखाले जनाएको छ। 

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त थानकोट काठमाडौं महाशाखाले जनाएको छ।

त्यस्तै २०७६ जेठ २७ गते बालुवाटार बस्ने दिपक खड्काले बालुवाटारबाट हराएको बा ९६ प ५४९४ नम्वरको मोटरसाइकल हराएको भन्दै हुलिया सहितको उजुरी गरे। 

हराएको भनिएको मोटरसाइकल भद्रकालिमा चेकजाँचको क्रममा सोहि अवस्थामा फेला पर्यो। मोटरसाइकलमा बा ९० प ७३८६ नम्बरको नयाँ नम्वरप्लेट राखेर चलाएको पाइएको थियो। 

मोटरसाइकल चालक ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका ३३ वर्षीय भोला थापा पक्राउ परे। थापालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त मालिगाउँ पठाइयो। 

यी केही उदाहरण मात्र हुन। महाशाखामा उपत्यकाका विभिन्न स्थानमा सार्वजनिक स्थल र एकान्तमा पार्किङ गरि राखिएका मोटरसाइकल हराएको उजुरी दिनहुँ आउछन्।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराइ पछिल्लो समय उपत्यकाका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरि राखिएका मोटरसाइकलहरु चोरी हुनेक्रम बढेको बताउछन्।

महाशाखाले सवारी साधन चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लकको प्रयोग गर्न, आलराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न अनुरोध गरेको छ। महाशाखाले मोटरसाइकलको सुरक्षामा लापरवाही नगर्न समेत अनुरोध गरेको छ। 

मंसिर २९, २०७७ सोमबार १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।