फागुनमा महाधिवेशन असम्भव : कोइराला
विराटनगर : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको महाधिवेशन फागुन ७ गते असम्भव रहेको बताएका छन्।
विराटनगरस्थित कोइराला निवासमा सोमबार पत्रकारहरूसँगको भेटघाटमा कोइरालाले कांग्रेसको महाधिवेशन फागुन ७ गते असम्भव रहेको बताएका हुन्।
कोइरालाले अहिलेसम्म जिल्लाबाट क्रियाशील सदस्यहरूको नामावली गइनसकेका कारण मतदाताको सूची तयार हुने अवस्था नरहेको बताए। उनले भने, ‘क्रियाशीलको नाम जिल्लाबाट गएपछि पनि ३÷४ महिना दाबी विरोधका लागि समय चाहिने भएकाले फागुनमा महाधिवेशन सम्भव छैन।’
उनले महाधिवेशन जेठमा सार्नु उपयुक्त हुने बताए। नेपालमा तत्काल राजा आउने सम्भावना नरहेको कोइरालाले बताए।
हिन्दू राष्ट्रको विषयलाई जनमत संग्रह गरेर टुंगो लगाउनु पर्ने उनको धारणा छ।
मंसिर २९, २०७७ सोमबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।