उपत्यकाको न्यूनतम तापक्रम दिनहुँ घट्दो 

उपत्यकाको न्यूनतम तापक्रम दिनहुँ घट्दो 

काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दिनहुँ घट्दै गएको छ।

पछिल्लो तीन दिनमा उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियसले घटिसकेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार गत शनिबार उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएकोमा आज (सोमबार) ४ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो भने उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो।  

‘बादल लागेकाले तापक्रम घटेको हो,’ महाशाखाका एक कर्मचारीले भने।  

तापक्रम घटेसँगै चिसोसमेत बढेको छ। 

मंसिर २९, २०७७ सोमबार ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।