ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्वप्रमुख बस्न्यात थुनामा

ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्वप्रमुख बस्न्यात थुनामा

काठमाडौं : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यातलाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ। 
 

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

अख्तियाले बस्न्यातलाई तत्कालीन समयमा भौतिक मन्त्रालयका सचिवको हैसियतले अभियुक्त बनाएको थियो। बस्न्यातविरुद्ध अख्तियारले जनही ९ करोड ६५ लाख ७६ हजार बराबरको बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

बयानका लागि आइतबार विशेष अदालतमा उपस्थित भएका बस्न्यातसँगको बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो।

अख्तियारले गत माघ २२ गते सरकारी जग्गा हिनामिना प्रकरणमा बस्न्यातसहित १७५ जनाउपर विशेष अदालतमा आरोपपत्र दायर रेको थियो। गर्यो।

बस्न्यातसहित ११० जनालाई कैद सजायसमेत माग गरिएको थियो भने अख्तियारले थप ६५ जनाबाट सरकारी जग्गा जफत गर्ने मात्र उद्देश्यले मुद्दा चलाएको थियो। 

केही दिनअघि अभियोग लागेका तत्कालीन मन्त्री चन्द्रदेव जोशी अदालतमा हाजिर भएका थिए। उनलाई भने अदालतले साधारण तारेखमा छोडेको थियो।

अख्तियारले बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअनुसार तीन वटा अभियोग लगाएको छ। पहिलो–सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको। दोस्रो– नेपाल सरकारलाई हानी पुर्याउने बदनियतले लिखत तयार गरेको र तेस्रो– सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको।
 

मंसिर २८, २०७७ आइतबार १८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।