यार्सागुम्बाको अबैध कारोवारमा संलग्न ४ जना पक्राउ
काठमाडौं : बहुमुल्य जडिबुटी यार्सागुम्बा सहित ४ जना पक्राउ परेका छन्।
यार्सागुम्बाको अबैध कारोबार गरेको सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त वौद्दले उनीहरुलाई ८६७ ग्राम यार्सागुम्वा सहित रंगेहात पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका–६ का २४ वर्षीय बिशाल परियार, रामेछाप हिमगंगा गाँउपालिका–७ का ५९ वर्षीय सुनिल तामाङ, सुर्खेत बराहताल गाँउपालिका–५ का ५५ वर्षीय शेर बहादुर थापा र संखुवासभा चैनपुर नगरपालिका–२ का २२ वर्षीय हिमाल गुरुङ रहेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार गोकर्णेश्वर नगरपालिका–६ नरायाणटारस्थित लामा पेट्रोल पम्प नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको हो।
परिसरका प्रवक्ता प्रहरी नायव उपक्षरीक (डिएसपी) प्रमेश विष्टका अनुसार यार्सागुम्बाको बारेमा सोधपुछ गर्दा यार्सागुम्बाको कारोबारको बारेमा कुनै कागजात फेला नपरेपछि उनीहरुलाई जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी एको हो।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तिसार नक्सालमा पठाईएको परिसरले जनाएको छ।
मंसिर २८, २०७७ आइतबार १५:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।