संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने गरी स्थगित
काठमाडौं : कोरम नपुगेर स्थगित भएको संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि मंगलबारको बैठक स्थगित भएको हो।
बैठक मंगलबार बिहान ९ बजे बस्ने गरी स्थगित भएको हो।
कांग्रेसले भोलि सोमबार सरकारविरुद्ध देशभर हुने आन्दोलनका कारण आजको बैठकमा उपस्थित हुन नसक्ने भन्दै प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
देउवा सहभागी नभए पनि संवैधानिक परिषद्को बैठक भने बसेको थियो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मात्रै उपस्थित थिए।
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा पनि बैठकमा सहभागी थिएनन्।
संवैधानिक परिषद्को बैठक बस्न नसक्दा संवैधानिक परिषद्मा पदाधिकारी नियुक्ती हुन सकेको छैन।
मंसिर २८, २०७७ आइतबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।