पुस १ गते बस्ने गरि सकियो नेकपा स्थायी कमिटी बैठक

पुस १ गते बस्ने गरि सकियो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुस १ गते बस्ने गरि सकिएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओलीसमेत सहभागी बैठक बस्नेलगत्तै सकिएको छ। 

नेकपा केन्द्रीय सदस्य कमानसिं लामाको निधन प्रति शोक मनाएर बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा आफू सहभागी नहुने भनी पत्र पठाएका थिए। आइतबार भने उनी सहभागी भएपछि बैठक सुरु भएको हो।

मंसिर २८, २०७७ आइतबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।