सशस्त्र टोलीद्वारा ५० केजी चरेससहित पक्राउ 

सशस्त्र टोलीद्वारा ५० केजी चरेससहित पक्राउ 
सांकेतिक तस्बिर।

काठमाडौं : सशस्त्र प्रहरी बलले ५० केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ।

लोकमार्ग सुरक्षा पोस्ट, आदमघाटबाट खटिएको सशस्त्र टोलीले शनिबार साँझ धादिङ, गल्छी गाउँपालिका–८, का ३४ वर्षीय दीपक मगरलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको टोलीले जिल्लाको थाके गाउँपालिका–१, खयरघारीस्थित पूर्व–पश्चिम लोकमार्गबाट पक्राउ गरेको हो।

मगरले बा२१प ८७६ नम्बरको मोटरसाइकलमा सवार निज मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेस भेटिएपछि उनलाई पक्राउ गरिएको सशस्त्रले जानकारी दिएको छ।

मगरलाई साँझ साढे ८ बजे पक्राउ गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय, गजुरीमा बुझाइएको छ। मगरले गोगनपानी भन्ने ठाउँबाट काठमाडौं लैजान लागेको बयान प्रहरीसमक्ष दिएको प्रहरीले जनाएको छ।

मंसिर २८, २०७७ आइतबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।