काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो
काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज (आइतबार) घटेको छ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहानको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ। यो अघिल्लो दिनको तुलनामा झण्डै पाँच डिग्री सेल्सियस कम हो।
महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको थियो।
‘आज बादल लागेकाले तापक्रम घटेको हो,’ महाशाखाका एक कर्मचारीले भने।
आज देशभरको न्यूनतम तापक्रममध्ये सबैभन्दा कम जुम्लामा मापन गरिएको छ। महाशाखाका अनुसार आज जुम्लाको तापक्रम माइनस ३.१ डिग्री सेल्सियस छ।
मंसिर २८, २०७७ आइतबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।