तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु 

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु 
सांकेतिक तस्बिर

काठमाडौं : तेह्रथुमको छथर गाउँपालिका–६ मा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ। 

गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुका अनुसार स्थानीय देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी तथा कोपिला लिम्बुकी ७ वर्षीया र ५ वर्षीया छोरीको ज्यान गएको हो। ज्यान गुमाउने बालिकाको नाम खुल्न सकेको छैन। 

स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालिकाहरूको ज्यान गएको अध्यक्ष लिम्बुले बताए। 

‘शनिबार दिउँसो खेल्न भनेर उनीहरू घरबाट निस्किएका थिए। अबरेसम्म पनि घर नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरू पोखरीमा मृत फेला परे,’ उनले भने। 

शवहरू पोष्टमार्टमका लागि जिल्ला पठाउने तयारी भइरहेको अध्यक्ष लिम्बुले जानकारी दिए। 

मंसिर २८, २०७७ आइतबार ०९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।