गैडाको खागसहित पाँच जना पक्राउ

गैडाको खागसहित पाँच जना पक्राउ

संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भु किमडोलबाट पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२३ का ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउपालिका–६ का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीय मुना तामाङ रहेका छन्।

खाग बिक्री वितरण गर्न भनि कोठामा  राखिरहेको अवस्थामा खाग फेलापरेको महाशाखाले जनाएको छ। 

पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाईएको महाशाखाले जनाएको छ।
 

मंसिर २६, २०७७ शुक्रबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।