सरकारविरुद्धको प्रदर्शनमा शीर्ष कुन नेता कहाँ ?
मंसिर २९ गते देशब्यापी विरोध प्रदर्शनमा सभापति शेरबहादुर देउवा मकवानपुर जाने भएका छन्।
काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संवोधन गर्ने कार्यक्रम रहेको छ।
यस्तै उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा.शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर र सहमहामन्त्री डा. प्रकाशशरण महत झापामा जाने कार्यक्रम तय भएको छ।
सभापति देउवाको प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले महोत्तरी, अर्नुनरसिंह केसीले कास्की, डा. रामशरण महत चितवन, गोपालमान श्रेष्ठले काभ्रे, प्रकाशमान सिंह धनुषामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्ने छन्।
यस्तै केन्द्रीय सदस्य गगन थापा कैलाली जाने जनाइएको छ।
कांग्रेस उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का भने कुनै पनि जिल्लामा नजाने बताइएको छ। यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले सहभागिता जनाउने जिल्लाका बारेमा पनि टुंगो लागि सकेको छैन।
पार्टी केन्द्रीय समितिले नभएर सम्बन्धित जिल्ला कार्यसमितिले नै नेताहरुलाई बोलाएको हो।
तनहुँमा मंसिर १७ गते वरिष्ठ नेता पौडेलमाथि सरकारले गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटकपटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध कांग्रेसले प्रदर्शन गर्न लागेको हो।
मंसिर २६, २०७७ शुक्रबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।