चितवनमा जिप दुर्घटना, दुईको मृत्यु 

चितवनमा जिप दुर्घटना, दुईको मृत्यु 
सांकेतिक तस्बिर

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार ना४च ५०५० नम्बरको जिप दुर्घटनाग्रस्त भइ आगलागी हुँदा इच्छाकामना गाउँपालिका–६, का २० वर्षीय निर्मल गुरुङ र ५० वर्षीया खिमाकुमारी गुरुङको ज्यान गएको हो। 

प्रहरीका अनुसार बोलेरो जिप अनियन्त्रित भइ सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भइ आगलागी भएको थियो। 

घाइतेहरूलाई उपचारका लागि भरतपुर लगिँदै गरेको प्रहरीले जनाएको छ। 

मंसिर २६, २०७७ शुक्रबार १३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।