सुदूरपश्चिम र कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात हुने आँकलन गरिएको छ। यस्तै, प्रदेश १ को पहाडी भूभागका एक/दुई ठाउँमा सामान्य वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा सामान्य बदली हुने छ।
नेपालमा पश्चिमी वायुको प्रवेशसँगै अरेबियन सागरको जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले मौसम परिवर्तन भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आएको छ। साथै, तराईका अधिकांश भूभागहरूमा बिहान वायुको पारदर्शितामा कमी देखिएको छ। यसले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सर्तक रहन महाशाखाले आग्रह गरेको छ।
मंसिर २६, २०७७ शुक्रबार १०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।