मंगलबार २४ चैत, २०८२
मेट्रोमा पाल र अपराध अनुसन्धानमा पोखरेल
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरेर कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ।
विभागमा कार्यरत एआइजी हरिबहादुर पाललाई हानगरीय प्रहरी कार्यालय, रानीपोखरी (मेट्रो) प्रमुखको जिम्मेवारी दिइएको छ।
सरकारले एक एआइजीको दरबन्दी थप्दै महानगरीय प्रहरी कार्यालयमा एआइजीको दरबन्दी कायम गरेको छ। मेट्रोमा पालले पहिलो जिम्मेवारी सम्हाल्ने छन्।
मंसिर २५, २०७७ बिहीबार २१:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।