हप्तामा दुई दिन बिदा दिन सकिने (प्रतिवेदनसहित) 

हप्तामा दुई दिन बिदा दिन सकिने (प्रतिवेदनसहित) 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा गठित अध्ययन समितिले सातामा दुई दिन बिदा दिन सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो।

सातामा दुई दिन बिदा कायम गर्दा आर्थिक रुपले कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने, सामाजिक दृष्टिले लंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम हुने, पारिवारिक सामीप्यता कायम हुने, पर्यावरणीय दृष्टिले सकारात्मक प्रभाव पर्नसक्ने समितिको निष्कर्ष छ।

विश्वका ८८ भन्दा बढि मुलुकमा सातामा दुई दिन बिदा दिने प्रचलन रहेको समितिले जनाएको छ। उक्त विदा निजी क्षेत्रमा पनि कायम गर्न सकिने समितिको राय छ।

अध्ययन समितिमा मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिनिधि थिए।

यस्तो छ प्रतिवेदन

 

मंसिर २५, २०७७ बिहीबार १९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।