मानवअधिकार दिवसमा दुई जना सम्मानित 

मानवअधिकार दिवसमा दुई जना सम्मानित 

विभिन्न संघ संस्थाको सहकार्यमा मानवअधिकार सञ्जाल विराटनगरले बिहीबार मोरङमा कार्यक्षेत्र बनाएर मानवअधिकार रक्षाका लागि लामो समयदेखि योगदान पुर्याउदै आएका मणिकुमार अज्र्याल र विष्णु शर्मालाई सम्मान गरेको हो। 

सम्मानित हुनेहरूलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्रदेश योजना आयोगका उपध्यक्ष सुबोधराज प्याकुरेललगायतले माला, दोसल्ला तथा सम्मान पत्रले सम्मानित गरेका थिए। 

अर्ज्यालले ग्रामिण क्षेत्रका गरिब तथा विपन्न परिवारको जिवनस्तर सुधारका लागि लामो समयदेखि काम गर्दै आएका छन्। यस्तै पन्तले हिंसा पीडित महिलाका पक्षमा काम गर्दै आएकी थिइन्। 

कार्यक्रममा अतिथिहरुले देशमा हत्या हिंसाको सुरुवात हुने संकेतले मानवअधिकार रक्षाका लागि चुनौति थपिएको बताए। 
 

मंसिर २५, २०७७ बिहीबार १८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।