गोदाम अभावले धान खरिद हुन सकेन
गोदाम र बोराको अभाव हुँदा मंसिर १९ गतेबाट धान खरिद प्रक्रिया रोखेकोे हो।
बुधवार बोरा आइपुगे पनि गोदाम अभावका कारण धान खरिद गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले जनाएको छ।
मोहनपुर गोदाममा हाल सम्म १० हजार ५ सय क्वीन्टल खरिद भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख अनिल श्रेष्ठले बताए।
अबको केही दिनभित्रै गोदामको टुंगो लगाउने र त्यसपछि मात्रै खरिद प्रक्रिया सुरु हुने उनले बताए।
सरकारले यस वर्षका लागि मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ प्रतिक्वीन्टल तोकेको थियो।
खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड धनगढीले कार्तिक १७ गतेबाट जिल्ला भर धान खरिद प्रक्रिया सुरु गरेको थियो।
मंसिर २५, २०७७ बिहीबार १८:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।