मानवअधिकार सम्मान र पुरस्कारको घोषणा
यस वर्ष दयाराम स्मृति सम्मान मानवअधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारी र मानवअधिकार पुरस्कार पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई प्रदान गरिने निर्णय भएको छ।
आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार सम्मान तथा पुरस्कारको घोषणा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
सम्मानित हुने डा.अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा विगत तीन दशकदेखि निरन्तर कार्य गर्दै आएकी छिन्।
यस्तै पत्रकार गैरे नेपालगञ्जस्थित नेपालगञ्ज दैनिकको प्रधान सम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य हुन्।
गैरेले पत्रकारिताको माध्यमबाट मानव अधिकारको संरक्षण र सम्वर्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको पुरस्कारका लागि छनौट गरिएको आयोगले जनाएको छ।
मंसिर २५, २०७७ बिहीबार १५:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।