सालकको खपेटासहित दुई जना पक्राउ

सालकको खपेटासहित दुई जना पक्राउ

काठमाडौंः काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेबाट सालकको खपेटा सहित २ जना पक्राउ परेका छन। 

प्रहरीले ७ सय ६० ग्राम सालकको खपेटा, नगद ३५ हजार रुपैयाँ र १ थान मोटरसाइकल सहित उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा काभ्रे बनेपा नगरपालिका बस्ने सिन्धुली ग्याङलेक गाउँपालिका–४ का २१ वर्षीय रबिन तामाङ र काभ्रे बनेपा बस्ने २१ वर्षीय टेक  बहादुर आले मगर रहेका छन् । 

सोह्रखुट्टेस्थित सूर्यदेव मिठाई पसलभित्र दुर्लभ वन्यजन्तु सालकको खपेटा बिक्री भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको थियो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

मंसिर २५, २०७७ बिहीबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।