कानको मुद्रा निकालेर ६ वर्षीया बालिकाको हत्या
काठमाडौं: रसुवामा एक ६ वर्षीया बालिकाको अपहरण पछि हत्या भएको छ।
कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो। प्रहरीले बालिकाको हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेको जनाएको छ।
आइतबार बिहान विद्यालय गएकी सुमिना साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा मंगलबार बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी इन्द्र सुवेदीका अनुसार पक्राउ परेकी सपनाले सुमिनाको हत्या गरेको स्वीकार गरिसकेकी छन्। सपनाले चाउचाउ दिएर फकाउदै बालिकाको कानको मुद्रा निकालेर हत्या गरेको बयान दिएको सुबेदीले बताए। बालिकाले आमालाई भन्दिन्छु भनेपछि सपनाले डोरीले घाँटी कसेर हत्या गरेक खुलेको उनले जानकारी दिए।
हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको बयान सपनाले प्रहरीलाई दिएकी छन् । शव भेटिएको नजिकै बालिकाको झोला र चप्पल भेटिएको छ।
मंसिर २५, २०७७ बिहीबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।