चिडियाखाना भोलिदेखि खुल्ने

चिडियाखाना भोलिदेखि खुल्ने

ललितपुर : विश्वभर फैलिएको कोभिड–१९ का कारण बन्द रहेको चिडियाखाना भोलिदेखि खुल्ने भएको छ। 

कोभिडका कारण गत चैत ७ गतेदेखि चिडियाखाना अवलोकनका लागि पूर्णरुपमा बन्द भएको थियो।

सरकारले तोकेको कोभिड–१९ को सुरक्षा मापदण्ड पालना गरि चिडियाखाना भित्र दैनिक ७ सय देखि ८ सय जनाले अवलोकन गर्न पाउँने चिडियाखाना व्यवस्थापनले जनाएको छ। 

अवलोकन गरेको डेढ घण्टा भित्र बाहिर निस्कनुपर्ने छ। अवलोकन गर्न जाने सर्वसाधरणले अनिवार्य रुपमा भौतिक दुरी कायम गरी जनावरलाई टाडबाट आवलोकन गर्नुपर्ने छ। 

नेपाली विद्यार्थीलाई एक जनाको १५० रुपैयाँ, ४–१२ वर्ष सम्मको नेपाली बालबालिकालाई ९० रुपैयाँ, विदेशीलाई ७५० रुपैयाँ, विदेशी ४–१२ वर्ष को बालबालिकालाई ३७५ रुपैयाँ टिकट रहेको व्यवस्थापनले जनाएको छ।


 

मंसिर २४, २०७७ बुधबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।