अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता

अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएको छ। 

उनीहरुबीच बिहान ११ बजे भेटवार्ता बएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। अध्यक्षद्वयबीच आगामी स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको थापाले बताए।

नियमित संवाद जस्तो भए पनि केही समाधान ननिस्किएको थापाले जानकारी दिए। मंसिरमा २१ गते बसेको स्थायी समिति बैठकमा अध्यक्ष ‌ओलीले पत्र पठाउँदै दाहालको प्रतिवेदनमाथि छलफल गर्न औचित्यहीन रहेको बताएका थिए। उनी बैठकमा उपस्थितसमेत भएनन्।

स्थायी समितिमा अध्यक्ष ओली अनुपस्थित भएपछि सहमतिका लागि भन्दै बैठक मंसिर २८ गते सम्म सारिएको छ। दुबै अध्यक्षले एकअर्काप्रति आरोप लगाउदै सचिवालयमा प्रतिवेदन पेश गरेपछि दुई अध्यक्षबीच दुरी थप बढेको छ।

मंसिर २४, २०७७ बुधबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।