पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं : कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुषको मृत्यु भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका–१३ का ७७ वर्षीय पुरूषको आज (बुधबार) बिहान १ः१५ बजे मृत्यु भएको हो।

ती पुरुषलाई गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। निर्देशनालयका अनुसार ती पुरुषको छातिमा समस्या देखिएको थियो। 

यससँगै गण्डकीमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १७३ पुगेको छ। 

मंसिर २४, २०७७ बुधबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।