लोक सेवाले खुलायो ५१३ शाखा अधिकृतको विज्ञापन

लोक सेवाले खुलायो ५१३ शाखा अधिकृतको विज्ञापन

काठमाडौं : लोक सेवा आयोगले पाँच सय १३ जना शाखा अधिकृतको लागि दरखास्त आह्वान गरेको छ।

आयोगले नियमित कार्यतालिका अनुसार बुधबार राजपत्रांकित तृतिय श्रेणी (अप्राविधिक) तर्फ विज्ञापन खोलेको हो। 

आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, परराष्ट्र र न्याय समूहमा खुला र आन्तरिक प्रतिष्पर्धामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। 

दरखास्त दिन पुस ९ सम्मको अवधि तोकिएको छ। त्यस्तै, पुस २१ सम्म दोब्बर दस्तुर तिरेर दरखास्त लिन सकिने छ।

आयोगले अनलाइनमार्फत दरखास्त दिन सकिने जनाएको छ। 

मंसिर २४, २०७७ बुधबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।