आफन्तको मृत्युपछि केएमसी अस्पतालमा तोडफोड
काठमाडौं : बिरामीको मृत्यु भएपछि आफन्तले काठमाडौं मेडिकल कलेजमा तोडफोड गरेका छन्।
उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि आफन्तहरूले मंगलबार अस्पतालमा तोडफोड गरेका हुन्।
महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्र भण्डारीले तोडफोडबाट अस्पतालका १०–१२ वटा झ्यालका सिसा फुटेको बताए।
नागार्जुन नगरपालिका–५ छगडोलकी ५८ वर्षीया लक्ष्मी कुँवरको उपचारका क्रममा दिउसो १ बजेतिर मृत्यु भएको थियो।
अस्पतालले भने उनको विभिन्न अंगहरू नचलेको र हृदयघातबाट मृत्यु भएको जनाएको छ।
केहीसमय अघि सम्म राम्रै रहेको मान्छे एक्कासी कसरी मर्यो भनेर आफन्तले तोडफोड गरेको डिएसपी भण्डारीले बताए।
तोडफोड गरेको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको डिएसपी भण्डारीले उकेरालाई जानकारी दिए।
अहिले अस्पताल र पीडितपक्षबीच छलफल चलिरहेको प्रहरीले जनाएको छ।
मंसिर २३, २०७७ मंगलबार १६:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।