शिक्षकको गोली हानी हत्या गर्नेलाई कडा कारवाही गर्न माग
काठमाडौं : मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनले मृतकलाई सहिद घोषणा गर्नुपर्ने र हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरेको हो। त्यस्तै पीडितको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत संगठनले माग गरेको छ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका मिक्लाजुङ गाउँपालिका अध्यक्ष लोकनाथ रिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त माग राखिएको छ।
२०४६ सालदेखि शिक्षण पेसामा आबद्ध श्रेष्ठ एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्यसमेत हुन्। उनको मंगलबार बिहान साढे ६ बजे अज्ञात समूले हत्या गरेको थियो।
‘विद्यालयको कार्यक्षेत्रमा अहोरात्र खटिरहनुहुने शिक्षकको हत्या हुनु अन्यन्तै दुखद् र हत्या गर्ने अज्ञात समूहको यस्तो कार्य अत्यन्तै कायरतापूर्ण भएकाले घटनाको घारे भर्त्सना गर्दछौं,’ संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सुराकीेको आरोपमा प्रतिवन्धित नेत्रविक्र चन्द समूहले उनको हत्या गरेको आशंका गरिएको छ।
मंसिर २३, २०७७ मंगलबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।