सर्वदलीय बैठक बालुवाटारमा जारी, देउवा सुरुमै बोलेर बाहिरिए

सर्वदलीय बैठक बालुवाटारमा जारी, देउवा सुरुमै बोलेर बाहिरिए

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले बैठक डाक्नुको कारणबारे प्रकाश पारेका थिए। त्यसपछि देउवाले समसामयिक राजनीति, कोरोना महामारी तथा अन्य सामसामयिक विषयमा बोलेका थिए।

देउवा बाहिरिए पनि बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी,विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महतलगायतका नेता उपस्थित छन्। 

प्रधानमन्त्री ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीको आन्तरिक विवाद चुलिएका बेला ओलीले सर्वदलिय बैठक डाकेका हुन्। 

राजाबादीहरुले सडक तताएका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले पनि सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा जुटेपछि ओलीले सर्वदलिय बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेएिको छ। 
 

मंसिर २३, २०७७ मंगलबार १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।