मोरङमा शिक्षक अपहरणपछि गोली हानी हत्या

मोरङमा शिक्षक अपहरणपछि गोली हानी हत्या
सांकेतिक तस्बिर

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकदर्शन थापाका अनुसार मिक्लाजुङ गाउँपालिका–१, बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।

‘हामी घटनास्थलतर्फ जाँदैछौं,’ उनले भने, ‘त्यहाँ पुगेपछि यसबारे थप जानकारी हुनेछ।’ 

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। 

शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ। ती शिक्षकको आजै बिहान अपहरण भएको बताइएको छ। 

मंसिर २३, २०७७ मंगलबार १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।