नेकपाभित्र किचलो बढेपछि प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक
पार्टीभित्र किचलो बढेसँगै राजावादीहरुको प्रदर्शनले पनि सडक तताएको अवस्थामा ओलीले
सर्वदलीय बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।
नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए। त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन।
बैठकका लागि प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहितसँग आवश्यक परामर्श गरेको बुझिएको छ।
सर्वदलीय बैठकबारे धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा नेकपाका नेता जनार्दन शर्माले गणतन्त्रविरुद्ध राजावादीको प्रदर्शनबारे विशेष प्रस्तावमा छलफल गर्न नेकपाका अध्यक्षद्वयलाई पत्र दर्ता गराएका थिए।
मंसिर २२, २०७७ सोमबार १३:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।