फोहोर बोक्न काठमाडौं महानगरलाई दुई ट्रक उपहार

फोहोर बोक्न काठमाडौं महानगरलाई दुई ट्रक उपहार

२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका प्रमुख गुहेओ गुहेओ काठमाडाैं आएका बेला सरसफाइका लागि ट्रक उपहार पठाउने बताएका थिए। सोहीअनुरुप आइतबार उक्त ट्रक प्राप्त भएको महानगरले जनाएकाे छ। 

ल्हासा नगरसँग काठमाडाैं महानगरको भगिनी सम्बन्ध स्थापित भइसकेको छ।

यही १५ गते ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका अधिकारीले काठमाडाैं महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई उक्त ट्रक हस्तान्तरण गरेका थिए।

त्यस अवसरमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन विभाग नगर प्रहरी नायव उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव थिए। ती ट्रकहरू यही मंसिर १६ गते काठमाडौं ल्याइएका हुन्। ती ट्रकको मूल्य करिब एक करोड ९० लाख रूपैयाँ रहेको छ। 

आज काठमाडाैं महानगर प्रमुख विद्यासुन्दर शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरे। 

त्यसअघि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले प्रमुख शाक्यलाई साँचो हस्तान्तरण गरेका थिए। 

सात हजार २०५ किलोग्राम फोहोर कम्प्रेस बोक्नु याे ट्रककाे यसको मुख्य विशेषता हो।

संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि यन्त्रले फोहोरलाई विस्तारै उचाल्न थाल्छ। त्यसपछि कम्प्रेस्ड यन्त्रले फोहोर खाँदिन थाल्छ।

यसको क्षमता पूरा भएपछि आफैँ आवाज दिएर जानकारी गराउने महानगरले जनाएकाे छ

मंसिर २२, २०७७ सोमबार ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।