स्थायी कमिटी बैठक धुम्बाराहीमा, ओली बालुवाटारमा

स्थायी कमिटी बैठक धुम्बाराहीमा, ओली बालुवाटारमा
तस्बिर : नेकपा अध्यक्ष पुष्पकमल दाहालको सचिवालय

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कर्यालय धुम्बाराहीमा भर्खर सुरू भएको छ।

बैठकस्थलमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका अरु नेताहरू सहभागी भए पनि प्रधानमन्त्री ओली भने सहभागी भएका छैनन्।
उनी बालुवाटारमा आफूनिकटका नेताहरूसँग छलफल तथा परामर्शमा व्यस्त रहेका छन्।

हिजो बसेको नेकपा सचिवालय बैठकले ुपार्टीमा देखिएको संकट निवारणका लागि दुवै अध्यक्षको प्रस्तावलाई स्थायी कमिटीमा पेस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए। 

यसैबीच पार्टी कार्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यस क्षेत्रमा सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ। 
 

मंसिर २१, २०७७ आइतबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।