जीप दुर्घटनामा वडासचिवको परिचवारसहित चारको मृत्यु

जीप दुर्घटनामा वडासचिवको परिचवारसहित चारको मृत्यु
ज्यान गुमाउने त्रिपाठी र भट्ट ।

डोटी : डोटीमा जीप दुर्घटना हुदा एक नायब सुब्बासहित चार जनाको ज्यान गएको छ। दुर्घटनामा परि चार जना घाइते भएका छन्।

 

दिपायलबाट चवराचौताराका लागि  हिडेको म १ च ५५० नम्बरको जीप बोगटान फुड्सिल गाउँपालिका-७ चवराचौतारामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि चवराचौतारा-७ का वडा सचिव (नायब सुब्बा ) २८ वर्षीया मञ्जु त्रिपाठी, उनकी सासू आमा डम्मरी अवस्थी, ३ वर्षीय छोरा मनिष अवस्थी र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका-४ चनेकेसैनका कृर्षी प्राबिधिक हरि भट्टको मृत्यु भएको प्रहरीले जनाएको ।

तीनको घटनास्थलमै र मनिषको उपचारका लागि दिपायल लग्दै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जीप चालकसहित पाच जना  घाइते छन्।

घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम, मृतक मञ्जु त्रिपाठीका तिन वर्षीय छोरा घाइते भएका छन्।

बउखेल्ले भन्ने स्थानमा राति करिव १ बजेतिर जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जीप बाटोबाट करिब दुईसय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

घाइतेहरुको स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी मिलेर उद्धार गरिएको जनाइएको छ। घाइतेलाई उपचारका लागि दिपायल पठाइएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए।

दुर्घटनाको कारण नखुलेको प्रहरिले जनाएको छ।

मंसिर २१, २०७७ आइतबार ०७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।