२४ घण्टामा थप १०२४ जनामा कोरोना संक्रमण 

२४ घण्टामा थप १०२४ जनामा कोरोना संक्रमण 

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ६०७४ नमुना परीक्षण गर्दा ६२२ पुरुष र ४०२ महिलामा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको मन्त्रालयले जनाएको छ। तीमध्ये २ लाख २४ हजार ५३ जना निको भएका छन्।

मन्त्रालयका अनुसार देशभर १ हजार ५७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

मंसिर २०, २०७७ शनिबार १७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।