प्रमुख प्रतिपक्षी कांग्रेसले देशभर प्रदर्शन गर्ने
काठमाडौं : आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउलगायतका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने भएको छ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले यही मंसिर २९ गते देशव्यापी रुपमा प्रदर्शन गर्ने निर्णय गरेको हो।
बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेल पक्राउ परेपछि आक्रोशित बनेको कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो।
महामन्त्री शशांक कोइरालले पौडेलको पक्राउसँगै देशमा व्याप्त भ्रष्टाचार, कोरोना भाइरस संक्रमणविरुद्ध सरकारको अकर्मण्यतालगायतका विषयमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिए।
बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना संक्रमणविरुद्ध आवश्यक र
अत्यावश्यक काम गर्न नसकेको लगायतका निस्कर्ष निकालेको छ। संसद बैठक तुरुन्त बोलाउन पनि माग गर्ने कांग्रेसले जनाएको छ।
मंसिर १९, २०७७ शुक्रबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।